Lumbini Province Government

Ministry of Urban Development, Energy, Irrigation and Water Supply

Water Resources and Irrigation Development Division Office

Bartung - 6 Palpa

बि.सं. २०४५ साल देखि सिँचाइ बिभाग अन्तर्गत जिल्ला सिँचाइ कार्यालय पाल्पाको स्थापना भएको हो । स्थानीय स्वायत शासन ऐन, २०५६ जारी भइ लागु भए पछि वि.सं. २०५८ मा सिँचाइ विभागको संरचनात्मक फेरबदल भए पश्चात् पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नं ३ पाल्पाबाट सिँचाइ सम्बन्धि कार्यहरु हुदैँ आएका थिए ।२०७२ सालमा जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र सिँचाइ विभागको संगठानिक संरचनाको पुन व्यवस्थापन हुदाँ यस कार्यालयको नाम परिवर्तन भई सिँचाइ विकास डिभिजन-पाल्पा भएको थियो। नेपालको संविधान, २०७२ ले परिलक्षित गरे अनुसार जलस्रोत, सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्वन्धि केन्द्रिय स्तरका ठुला आयोजना तथा परियोजनाहरु, अन्तर प्रदेशिय बहुउपयोगि आयोजनाहरू, अन्तरदेशिय सरोकार रहने बहुउद्देश्यीय आयोजनाहरूको तर्जुमा, नीति निर्माण, कार्यान्वयन तथा अनुगमनमा संघबाट गर्नुपर्ने कार्यहरूको लागि साविकका सिँचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारेज भई बि.सं. २०७४ मा जलस्रोत तथा सिँचाइ विभागको स्थापना भयो भने प्रदेश स्तरका मझौला तथा साना सिँचाइ सम्बन्धि सम्पूर्ण कार्य, सिँचाइ योजना मर्मत संभारका साथै मझौला तथा साना जलउत्पन्न प्रकोप सम्बन्धि कार्य गर्न लुम्बिनी प्रदेश सरकारको तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय पाल्पाको स्थापना भएको हो।हाल यो कार्यालय लुम्बिनी प्रदेश सरकारको उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको छ ।यस कार्यालय तानसेन नगरपालिका वाड नं. ६ बर्तुङ्ग मा रहेको छ भने कार्यक्षेत्र पाल्पा जिल्लाभर रहेको छ ।